बागमती प्रदेशमा कोरोनाका कारण हालसम्म ३ हजार ८ सय ८२ जनाको मृत्यु
मकवानपुर । बागमती प्रदेशमा हाल सम्म ३ लाख ४६ हजार ४ सय ४३ जनामा कोरोना भाईरस संङक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टाको विवरण अनुसार हाल सम्म बागमती प्रदेशमा ३ लाख ४६ हजार ४ सय ४३ जनामा कोरोना भाईरस संङक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेशभरी पिसिआर र एन्टिजेन परिक्षण विधिबाट हालसम्म २० लाख ४६ हजार ४ सय ७० जनाको कोरोना परिक्षण गरिएको मन्त्रालयका कोभिड प्रवक्ता डाक्टर परुषोत्तमराज सेढाईले जानकारी दिए ।
प्रदेशमा हाल ८ हजार ६ सय ९९ जना सक्रिय संङक्रमित रहेका छन् । भने ३ लाख ३३ हजार ८ सय ६२ जना संङक्रमण मुक्त भएका छन् ।
यस्तै कोरोनाका कारण प्रदेशमा ३ हजार ८ सय ८२ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।










