मंगलबार मकवानपुरमा ९८ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२२ असार २०७८, मंगलवार १५:१९
;

मकवानपुर । मंगलबार मकवानपुरमा ९८ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एक सय ४१ जनाको पिसिआर र १ सय २० जनाको एन्टिजेन गरी जम्मा २ सय ६१ जनाको परिक्षण गर्दा ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा ११ हजार ४ सय २४ जनामा कोरोना पुष्टि भएकोमा १० हजार ५ सय ५ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मवानपुरमा ७ सय ८७ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ३२ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*