मुख्यमन्त्री पौडेलले गरे २ वटा पुलको उद्घाटन

हेटौडा न्युज
२२ असार २०७८, मंगलवार १७:३७
;

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बकैया गाउँपालिकामा २ वटा पुलको मंगलबार उद्घाटन गरेका छन् ।

बकैया गाउँपालिकामा निमार्ण भएको एउटा पक्की पुल र एउटा झोलुङ्गे पुलको उनले उद्घाटन गरेका हुन् ।

मूख्यमन्त्री पौडेलले प्रदेश सरकारको समपुरक अनुदानमा गाउँपालिकाबाट निर्माण भएको ठाडीखोला पक्की पुल र बसन हात्तीसुढे झोलुङ्गे पुल उद्घाटन गरेका छन् ।

पुल उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*