आज हेटौंडामा ८ सय ५९ जनालाई भेरोसिल खोपको दोस्रो डोज
मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा आज ८ सय ५९ जनालाई भेरोसिल खोपको दोस्रो डोज लगाईदै छ ।
आज बुधबार उपमहानगरपालिकाका २० वटा स्वास्थ्य चौकीमा खोप कार्यक्रम सञ्चालन गरीएको छ । कोरोना भाईरस कोभिड १९ विरुद्धको चिनिँया खोप भेरोसिलको दोस्रो डोज उपमहानगरपालिकाका ८ सय ५९ जनालाई लगाईने उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।
अन्यत्र खोप लगाएकाहरुलाई समेत भेरोसिल खोपको दोस्रो डोज लगाईने उनले बताए । हिजो मंगलबार उपमहानगरपालिकाका १ हजार ३ सय ७१ जनाले भेरोसिल खोपको दोस्रो डोज लगाएका थिए ।
यस्तै उपमहानगरपालिकामा भेरोसिल खोपको पहिलो डोज २ हजार २ सय ३० जनाले लगाईसकेका छन् ।









