बुधबार मकवानपुरमा ५२ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२३ असार २०७८, बुधबार १५:४३
;

मकवानपुर । बुधबार मकवानपुरमा ५२ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९३ जनाको पिसिआर र ७४ जनाको एन्टिजेन गरी जम्मा १ सय ६७ जनाको परिक्षण गर्दा ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा ११ हजार ४ सय ७६ जनामा कोरोना पुष्टि भएकोमा १० हजार ५ सय ८६ जना सङ्क्रमण मुक्त भएका छन् । अहिले मवानपुरमा ७ सय ५८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ३२ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*