बुधबार मकवानपुरमा ८१ जनाले जिते कोरोना
मकवानपुर । बुधबार मकवानपुरमा ८१ जना कोरोना भाईरस सङ्क्रमण मुक्त भएका छन् ।
मकवानपुरमा सङक्रमितको संख्या भन्दा निको हुनेको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ८१ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा ११ हजार ४ सय ७६ जनामा कोरोना पुष्टि भएकोमा १० हजार ५ सय ८६ जना सङ्क्रमण मुक्त भएका छन् । अहिले मवानपुरमा ७ सय ५८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ३२ जनाको मृत्यु भएको छ ।










