एचआईभी सङ्क्रमितका घरपरिवारलाई खाद्यान्न वितरण
मकवानपुर । नेपाल परिवार नियोजन संघ मकवानपुर शाखाले एचआईभी सङ्क्रमितका ५ घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ ।
बुधबार नेपाल परिवार नियोजन संघ मकवानपुर शाखाले कोरोना सङ्क्रमणका कारण जारी गरीएको निषेधाज्ञाका कारण समस्यामा परेका एचआईभी सङ्क्रमितका ५ घरपरिवारलाई खाद्यान्न वितरण गरेको हो ।
प्रतिपरिवारलाई शाखाले एक बोरा चामल , दाल , आलु ,चिउरा ,तेल लगाएतका खाद्यान्न सहयोग गरेको शाखा प्रवन्धक ममिता श्रेष्ठले बताईन ।
उनले कोरोनाका कारण जारी गरीएको निषेधाज्ञाका कारण समस्यामा परेका एचआईभी सङ्क्रमितका परिवारलाई सहयोग गरीएको उनले बताईन ।










