बुधबार हेटौंडाका ७ सय २८ जनाले लगाए भेरोसिल खोपको दोस्रो डोज

हेटौडा न्युज
२३ असार २०७८, बुधबार १८:२२
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा बुधबार ७ सय २८ जनाले भेरोसिल खोपको दोस्रो डोज लगाएका छन् ।

बुधबार उपमहानगरपालिकाका २० वटा स्वास्थ्य चौकीमा खोप कार्यक्रम सञ्चालन गरीएको थियो । कोरोना भाईरस कोभिड १९ विरुद्धको चिनिँया खोप भेरोसिलको दोस्रो डोज लगाईएको हो ।

खोप कार्यक्रममा उपमहानगरपालिकाका मंगलबार १ हजार ३ सय ७१ जनाले र बुधबार ७ सय २८ जनाले भेरोसिल खोपको दोस्रो डोज लगाएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।

उपमहानगरपालिकामा भेरोसिल खोपको पहिलो डोज २ हजार २ सय ३० जनाले लगाएका थिए । भेरोसिल खोपको दोस्रो डोज लगाउन छुटेकाहरुलाई पनि सिमित स्थानमा खोप लगाईने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*