लागूऔषध गाँजा सहित पिकअप गाडी नियन्त्रणमा

हेटौडा न्युज
२४ असार २०७८, बिहीबार १२:४३
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ सय २० किलो ९ सय ग्राम लागूऔषध गाँजा सहित पिकअप गाडी नियन्त्रणमा लिएको छ ।

असार २४ गते बिहान हेटौडा उपमहानगरपालिका वडा नम्बर २ स्थित रिलायन्स बोडिङ् स्कुल अगाडी प्रदेश ३–०१–०२२ च ७२३७ नम्बरको पिकअप गाडीलाई चेकजाँच गर्दा लुकाई छिपाई ल्याएको १ सय २० किलो ९ सय ग्राम लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

लागूऔषध गाँजा सहित उक्त गाडी नियन्त्रणमा लिई फरार चालकको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*