५७ किलो ९ सय ग्राम लागूऔषध गाँजा, पिकअप गाडी सहित २ जना पक्राउ
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवमनपुरले ५७ किलो ९०० ग्राम लागूऔषध गाँजा, बोलेरो पिकअप गाडी सहित २ जनालाई पक्रउ गरेको छ ।
पक्राउ पर्नेमा चितवन जिल्ला राप्ती नगरपालिका वडा नम्बर ६ बस्ने २६ वर्षिय संजय चौधरी र सोही ठाँउ बस्ने ४८ वर्षिय लालजी साह रहेका छन् ।
उनीहरुलाई असार २३ गते साँझ हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित पुर्व पश्चिम राजमार्गमा सडक खण्डमा चितवन बाट बारा तर्फ जादै गरेको ना ४ च ५०१५ नम्बरको को बोलेरो पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा उक्त गाडीको पछाडीको भागमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको ५७ किलो ९ सय ग्राम लागूऔषध गाँजा सहित पक्राउ गरेको हो ।
उक्त लागुऔषध गाँजा, बोलेरो पिकअप गाडी सहित उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।










