बिहीबार मकवानपुरमा ५४ जनामा कोरोना पुष्टि
मकवानपुर । बिहीबार मकवानपुरमा ५४ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ९४ जनाको पिसिआर र ७० जनाको एन्टिजेन गरी जम्मा १ सय ६४ जनाको परिक्षण गर्दा ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा ११ हजार ५ सय ३० जनामा कोरोना पुष्टि भएकोमा १० हजार ६ सय ५९ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मवानपुरमा ७ सय ३९ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ३२ जनाको मृत्यु भएको छ ।










