शुक्रबार मकवानपुरमा १ सय ४ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२५ असार २०७८, शुक्रबार १४:५१
;

मकवानपुर । शुक्रबार मकवानपुरमा १ सय ४ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ सय १ जनाको पिसिआर र ७४ जनाको एन्टिजेन गरी जम्मा २ सय ७५ जनाको परिक्षण गर्दा १ सय ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा ११ हजार ६ सय ३४ जनामा कोरोना पुष्टि भएकोमा १० हजार ७ सय ४८ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मवानपुरमा ७ सय ५४ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ३२ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*