बागमती प्रदेश सरकारलाई एसटिसी ग्रुपको सहयोग
मकवानपुर । एसटिसी ग्रुपले बागमती प्रदेश सरकारलाई २ सय वटा अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।
आज शनिबार मुख्यमन्त्री निवासमा ग्रुपका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेतीले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका हुन् ।
मुख्यमन्त्री पौडेलले सिलिण्डर अभाब भइरहेको समयमा सहयोग प्राप्त भएकोमा धन्यवाद व्यक्त गरे ।अक्सिजन अभाबका कारण कोरोना संक्रमणका बिरामीलाई पहिले समस्या परेको भएपनि अहिले केही सहज भएको उनले बताए ।
मुख्यमन्त्री पौडेलले कोरोना सङ्क्रमण रोकथाम र न्युनिकरण गर्न प्रदेश सरकार लागीपरेको बताए ।










