शनिबार मकवानपुरमा ६८ जनाले जिते कोरोना

हेटौडा न्युज
२६ असार २०७८, शनिबार १४:४७
;

मकवानपुर । शनिबार मकवानपुरमा ६८ जना कारोना भाईरस सङ्क्रमण मुक्त भएका छन् ।

मकवानपुरमा सङक्रमितको संख्या भन्दा निको हुनेको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ६८ जना कारोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा ११ हजार ३ सय ७० जनामा कोरोना पुष्टि भएकोमा १० हजार ८ सय १६ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मवानपुरमा ७ सय २२ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ३२ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*