मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर –३ बसामाडिमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मनहरी–३ का ३२ बर्षीय कृष्णहरी कार्की रहेका छन् । गएराति हेटौंडाबाट बस्तिपुरतर्फ गइरहेको बागमती प्रदेश ०३–००३ प ७२१४ नम्बरको मोटरसाइकल बसामाडिमा सडक निर्माणका लागि डिभिजन सडक कार्यालयले थुपारेको ढुंगामा ठोकिएर मोटरसाईकल अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका कर्कीको हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।










