आजबाट मकवानपुरमा सार्वजनिक यातायात सञ्चालनमा

हेटौडा न्युज
२७ असार २०७८, आईतवार १२:१५
;

मकवानपुर । कोरोना संक्रमणका न्युनिकरण गर्न जारी गरीएकोे निषेधाज्ञाका कारण मकवानपुरमा दुई महिनादेखि बन्द रहेको सार्वजनिक यातायात आजबाट संचालनमा आएका छन् ।

गत असार २४ गते बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले आजबाट जिल्ला भित्रका सार्वजनिक यातायात संचालन गर्न अनुमति दिएको थियो ।

प्रशासनले सार्वजनिक सवारी बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मात्र संचालन गर्न पाईने, सिट क्षमता भन्दा बढी राख्न नपाईने,सबै यात्रुहरुलाई मास्क अनिर्वाय गर्ने,सेनिटाईजरको अनिर्वाय व्यवस्था गुर्नपर्ने,चालक र सहचालकले अनिर्वाय मास्क र भाइजर लगाउनु पर्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*