आईतबार मकवानपुरमा ७७ जनाले जिते कोरोना
मकवानपुर । आईतबार मकवानपुरमा ७७ जना कोरोना भाईरस सङ्क्रमण मुक्त भएका छन् ।
मकवानपुरमा सङक्रमितको संख्या भन्दा निको हुनेको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ७७ जना कारोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा ११ हजार ६ सय ९३ जनामा कोरोना पुष्टि भएकोमा १० हजार ८ सय ९३ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मवानपुरमा ६ सय ६७ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ३३ जनाको मृत्यु भएको छ ।
यसमा तपाइको मत










