कार्यालयभित्रै सरकारी कर्मचारीहरुको रक्सी सहितको भोज

हेटौडा न्युज
२७ असार २०७८, आईतवार १८:५६
;

मकवानपुर । सिरहाको लहान स्थित नापी कार्यालयमा कर्मचारीहरुले रक्सी सहित भोजको कार्यक्रम गरेका छन् ।

कार्यालय प्रमुख संजय सिंह सहित अन्य कर्मचारीहरुले कार्यालय भित्रै रक्सी सहितको भोज कार्यक्रम गरेका हुन् । सोही कार्यालयमा कार्यरत कर्मचारी सरोज कुमार मण्डलले असार अन्तिमको भोजको दृश्य उल्लेख गरि आफ्नो फेसबुकमा उक्त भोज कार्यक्रमको तस्विरहरु राखेका थिए ।

यसको सबैतिरबाट आलोचना र कार्वाहीका डरले उनले केही समयपछि फेसबुकबाट भने तस्विरहरु हटाएका छन् । उनले राखेको तस्बिरहरूमा रक्सीको बोतलहरु प्रस्टै देखिन्छ ।

यस विषयमा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले इलाका प्रशासन कार्यालय लहानलाई बुझ्न र आवश्यक कार्वाहीका लागि निर्देशन दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*