बागमती प्रदेशमा कोरोनाका कारण हालसम्म ३ हजार ९ सय १३ जनाको मृत्यु
मकवानपुर । बागमती प्रदेशमा कोरोनाका कारण हाल सम्म ३ हजार ९ सय १३ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरस सङ्क्रमका कारण प्रदेशका बिभीन्न अस्पतालमा उपचारको क्रममा र घरमै रहेका संक्रमित समेत गरीे हालसम्म ३ हजार ९ सय १३ जनाको मृत्यु भएको हो ।
बागमती प्रदेशमा हाल सम्ममा ३ लाख ५१ हजार ९ सय ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सङ्क्रमण पुष्टि भएकाहरु मध्ये ३ लाख ३९ हजार ७ सय ७२ जना सङ्क्रमण मुक्त भएको मन्त्रालयका कोभिड प्रवक्ता डाक्टर पुरुषोत्तमराज सेढाईले जानकारी दिए










