सोमबार मकवानपुरमा ७४ जनामा कोरोना पुष्टि
मकवानपुर । सोमबार मकवानपुरमा ७४ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ सय २६ जनाको पिसआर र १ सय २८ जनाको एन्टिजेन गरी जम्मा २ सय ५४ जनाको परिक्षण गर्दा ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा ११ हजार ७ सय ६७ जनामा कोरोना पुष्टि भएकोमा १० हजार ९ सय ५३ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मवानपुरमा ६ सय ७५ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ३३ जनाको मृत्यु भएको छ ।










