मंगलबार मकवानपुरमा ५५ जनाले जिते कोरोना
मकवापुर । मंगलबार मकवानपुरमा ५५ जना कोरोना भाईरस सङ्क्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ५५ जना कारोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा ११ हजार ८ सय ३६ जनामा कोरोना पुष्टि भएकोमा ११ हजार ८ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मवानपुरमा ६ सय ९५ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ३३ जनाको मृत्यु भएको छ ।










