४० किलो लागूऔषध गाँजा ,कन्टेनर सहित सहचालक पक्राउ चालक फरार

हेटौडा न्युज
३० असार २०७८, बुधबार १४:२३
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ४० किलो लागूऔषध गाँजा ,कन्टेनर सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नम्बर ४ बस्ने १९ वर्षीय दिपक गुरुङ रहेका छन् ।

उनलाई बुधबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानी स्थित पूर्व पश्चिुम लोकमार्ग सडक खण्डमा मनहरी तर्फबाट हेटौडा तर्फ आउँदै गरेको ना ६ ख ३७४१ नं. को कन्टेनर गाडीलाई चेकजाँच गर्दा उक्त गाडीमा लुकाई छिपाई ल्याएको ४० किलो लागुऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको हो ।

उक्त लागूऔषध गाँजा र कन्टेनर सहित गाडी सहित सहचालक गुरुङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

साथै फरार रहेका कन्टेनर चालकको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*