१ सय ६९ किलो लागूऔषध गाँजा ,भारतीय ट्रक सहित २ जना पक्राउ

हेटौडा न्युज
३० असार २०७८, बुधबार १४:३९
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ सय ६९ किलो लागूऔषध गाँजा , भारतीय ट्रक सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत मोतिहारी बस्ने ३० वर्षीय रविन्द्र राय र सोही ठाँउ बस्ने ३१ वर्षिय मुक्तार सैफिक रहेका छन् ।

उनीहरुलाई बुधबार प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित पूर्व पश्चिपम लोकमार्ग सडक खण्डमा हेटौडा तर्फबाट बारा तर्फ जाँदै गरेको बिआर ०१ जीजी ९४९५ नम्बरको भरतीय ट्रकलाई चेकजाँच गर्दा उक्त गाडीमा लुकाई छिपाई ल्याएको १ सय ६९ किलो लागूऔषध गाँजा सहित पक्राउ गरेको हो ।

उक्त लागूऔषध गाँजा, भारतीय ट्रक सहित उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*