बिहीबार मकवानपुरमा ३८ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
३१ असार २०७८, बिहीबार १४:१३
;

मकवानपुर । बिहीबार मकवानपुरमा ३८ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९५ जनाको पिसिआर र ५२ जनाको एन्टिजेन गरी जम्मा १ सय ४७ जनाको परिक्षण गर्दा ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा ११ हजार ९ सय ४९ जनामा कोरोना पुष्टि भएकोमा ११ हजार १ सय ५२ जना सङ्क्रमण मुक्त भएका छन् । अहिले मवानपुरमा ६ सय ६४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ३३ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*