मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिक्षकहरूको धर्ना
मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिक्षकहरूले धर्ना दिएका छन्।
विभिन्न ३४ वटा मागहरुसहित नेपाल शिक्षक महासंघ बागमती प्रदेश आन्दोलन परिचालन समितिको आयोजनामा बागमती प्रदेशका शिक्षकहरूले बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना दिएका हुन ।
बागमती प्रदेश शिक्षक महासंघ आन्दोलन परिचालन समितिका सह–संयोजक दिपकलाल खतिवडाको नेतृत्वमा बागमती प्रदेश,जिल्ला,स्थानीय तहका करिब ६० जना शिक्षकहरूले कार्यालयमा धर्ना दिएका हुन् ।
शिक्षकहरुको विभिन्न ३४ वटा मागहरुसहित केन्द्रीय कार्यक्रम अन्तर्गत शुक्रबार बिहान बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा धर्ना दिएका हुन् ।










