पधेरोलाई ढुङ्गे धाराको रुपमा निर्माण
मकवानपुर । मनहरी गाउँपालिका वडा नम्बर –३ हाँडीखोलामा परापूर्व कालदेखि सञ्चालनमा रहेको पधेरोलाई ढुङ्गे धाराको रुपमा निर्माण गरिएको छ ।
स्थानीय वासिन्दाले वषौंदेखि प्रयोग गर्दै आएको पधेरोलाई ढुङ्गे धाराको रुपमा निर्माण गरिएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताए ।
धारा निर्माणका लागि मनहरी गाउँपालिकाको पाँच लाख रुपैया सहयोग गरेको छ । प्राकृतिक रुपमा पलाएको पानीलाई अहिले धारा जडान गरेर व्यवस्थित बनाइएको अध्यक्ष उप्रेतीले बताए ।










