लामो दूरीको सार्वजनिक यातायात खुलाउन मन्त्रिपरिषद्लाई सिफारिस

हेटौडा न्युज
२ श्रावण २०७८, शनिबार १४:४३
;

मकवानपुर । कोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी)ले सर्तसहित लामो दूरीको सार्वजनिक यातायात खुलाउन मन्त्रिपरिषदमा  सिफारिस गरेको छ ।

संक्रमणको परिस्थिती हेरेर लामो रुटमा चल्ने अन्तर–जिल्ला यातायातलाई खुलाउन शुक्रबार सुझावसहित सिफारिस गरिएको सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले बताए ।

संक्रमण बढ्ने परिस्थिती आए पुनः यातायात बन्द गर्न सकिने भएपनि तत्कालका लागि खुलाउन भनिएको उनले जनाए । लामो दूरीको यातायात खुलाउँदा अन्तर–जिल्ला सहजीकरण गर्नुपर्ने भएकाले मन्त्रिपरिषद्ले नै अनुमति दिनुपर्ने उनको भनाई छ ।

अब बस्ने मन्त्रिपरिषद बैठकमा लामो दूरीको सार्वजनिक यातायात खुलाउनेबारे निर्णय हुन सक्ने उनले जनाए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*