शनिबार हेटौंडामा ३ सय ३६ जनाले लगाए भेरोसिलको दोस्रो डोज
मकवानपुर । शनिबार हेटौंडामा ३ सय ३६ जनाले कोभिड–१९ विरुद्धको भेरोसिल खोपको दोस्रो डोज लगाएका छन् ।
भेरोसिल खोपको पहिलो डोज लगाईसेका ३ सय ३६ जनाले आज दोस्रो डोज लगाएका हुन् ।
१ सय ३ जना महिला र २ सय २३ जना पुरुष गरी जम्मा ३ सय ३६ जनाले कोभिड–१९ विरुद्धको भेरोसिल खोपको दोस्रो डोज लगाएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।
आज शनिबार सञ्चारकर्मी, कर्मचारी र सुरक्षाकर्मीहरुलाई खोप लगाईएको उनले बताए ।










