९ किलो लागूऔषध गाँजासहित २ नावालक प्रहरी नियन्त्रणमा

हेटौडा न्युज
३ श्रावण २०७८, आईतवार १४:३४
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ९ किलो लागूऔषध गाँजासहित २ जना नावालकलाई नियन्त्रणमा लिएको छ ।

मकवानपुरको कैलाश गाउँपालिकास्थित अस्थायी प्रहरी पोष्ट नामटारबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले शनिबार साँझ ६ बजेको समयमा मकवानपुरको कैलाश गाउँपालिका–९, नामटारबाट कैलाश गाउँपालिका–४ झ्याङ्नेका अन्दाजी १५ बर्षीय सन्तोष न्यौपाने र अन्दाजी १४ बर्षीय सागर मोक्तानलाई ९ केजी ४ सय ग्राम लागूऔषध गाँजासहित पक्राउ गरेको छ ।

कैलाश गाउँपालिका–९, नामटारमा पैदल हिँडिरहेको अवस्थामा सन्तोष र सागरलाई पक्राउ गरिएको र सागरले बोकेको झोलामा गाँजा भेटिएकाले पक्राउमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट ५ केजी १ सय ग्रामको एक पोका र ४ केजी ३ सय ग्रामको एक पोका गाँजा बरामद गरेको जनाएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*