बागमती प्रदेशमा आईतबार ७ सय ३० जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु
मकवानपुर । बागमती प्रदेशमा आज आईतबार ७ सय ३० जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ४ हजार ५ सय १६ जनाको पिसिआर र ३ सय ५८ जनाको एन्टिजेन गरी जम्मा ४ हजार ८ सय ७४ जनाको कारोना परिक्षण गर्दा ७ सय ३० जनामा कारोनो सङ्क्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
हाल सम्म प्रदेशमा ३ लाख ५८ हजार ८ सय ९२ जनामा कोरोना पुष्टि भएकोमा ३ लाख ४५ हजार ९ सय ९३ जना कोरोना सङ्क्रमण मुक्त भएको मन्त्रालयका कोभिड प्रवक्ता डाक्टर पुरुषोत्तमराज सेढाईले जानकारी दिए ।
अहिले प्रदेशमा ८ हजार ९ सय ५२ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाका कारण बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएसँगै जम्मा मृतकको सङ्ख्या ३ हजार ९ सय ५७ पुगेको छ ।










