मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ बसामाडीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
गएराती हेटौँडामा उपमहानगरपालिका वडा नम्वर ३ बसामाडीमा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयनत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।
हेटौँडाबाट नेवारािनीतर्फ जाँदै गरेको ना २२ प ६७७८ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा ३५ वर्षीय एक जना पुरुषको मृत्यु भएको हो ।
मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।










