विद्युत चोरी गर्नेलाई कार्वाही

हेटौडा न्युज
४ श्रावण २०७८, सोमबार १०:५८
;

मकवानपुर । विद्युत हुकिङ गर्ने, मिटरबाट बाइपास गरेर विद्युत चोरी गर्नेलाई कार्वाही गरिएको विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले जनाएको छ ।

प्राधिकरणले मकवानपुरमा विद्युत चोरी गर्ने ६८ जनालाई आर्थिक वर्ष २०७७–०७८ मा नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले जरिवाना गरेको छ । एक वर्षमा ६८ जनालाई जरिवाना गरेबापत १६ लाख ४८ हजार ७ सय १० रुपैयाँ आम्दानी भएको प्राधिकरणको लेखापाल संजीव कार्कीले जानकारी दिए ।

विद्युत चोरी गर्नका लागि प्रयोग भएका सामाग्री समेत प्राधिकरणले वरामद गरेको छ । विद्युतको हुकिङमा प्रयोग भएका सामाग्री, सिंचाइमा प्रयोग भएका मोटर लगायतका सामाग्री समेत वरामद गरिएको प्राधिकरणले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*