सोमबार मकवानपुरमा ७४ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
४ श्रावण २०७८, सोमबार १४:२२
;

मकवानपुर । सोमबार मकवानपुरमा ७४ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ५ जनाको पिसआर र ६६ जनाको एन्टिजेन गरी जम्मा १ सय ७१ जनाको परिक्षण गर्दा ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १२ हजार १ सय ४७ जनामा कोरोना पुष्टि भएकोमा ११ हजार ३ सय ६८ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मवानपुरमा ६ सय ४२ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ३७ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*