मंगलबार मकवानपुरमा १ सय ३ जनाले जिते कोरोना

हेटौडा न्युज
५ श्रावण २०७८, मंगलवार १४:४९
;

मकवानपुर। मंगलबार मकवानपुरमा १ सय ३ जना कोरोना भाईरस सङ्क्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा १ सय ३ जना कारोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १२ हजार २ सय ३१ जनामा कोरोना पुष्टि भएकोमा ११ हजार ४ सय ७१ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मवानपुरमा ६ सय २३ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ३७ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*