८१ किलो ३ सय ५० ग्राम लागूऔषध गाँजा, ट्रक सहित एक जना पक्राउ

हेटौडा न्युज
६ श्रावण २०७८, बुधबार १०:३६
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ८१ किलो ३ सय ५० ग्राम लागूऔषध गाँजा, ट्रक सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका वडा नम्बर ४ बस्ने ४२ बर्षीय बाबुराम नेगी रहेका छन् ।

बुधबार बिहान पूर्व पश्चिम लोकमार्ग सडक खण्ड अन्र्तगत मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानीमा शंकास्पद रुपमा रोकीराखेको ना ८ ख ८२८४ नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रक पछाडी ढालामा लुकाई छिपाई राखेको लागुऔषध गाँजा ८१ किलो ३ सय ५० ग्राम फेलापरेको हुँदा उक्त लागूऔषध गाँजा , ट्रक सहित चालक नेगीलाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ ।

उक्त घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*