बुधबार मकवानपुरमा ६१ जनाले जिते कोेरोना
मकवानपुर। बुधबार मकवानपुरमा ६१ जना कोरोना भाईरस सङ्क्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ६१ जना कारोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १२ हजार २ सय ७७ जनामा कोरोना पुष्टि भएकोमा ११ हजार ५ सय ३२ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मवानपुरमा ६ सय ८ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ३७ जनाको मृत्यु भएको छ ।










