मकवानपुरमा साउन १४ गतेसम्म लम्ब्याईयो निषेधाज्ञा

हेटौडा न्युज
६ श्रावण २०७८, बुधबार १८:४९
;

मकवानपुर । कोरोना सङरक्रमण न्युनिकरण गर्न मकवानपुरमा जारी गरीएको निषेधाज्ञा साउन १४ गतेसम्म लम्ब्याईएको छ ।

बुधबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले जिल्लामा जारी निषेधाज्ञा एक हप्ता थप गर्दे साउन १४ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

बैठकले आज साउन ७ गते राति १२ बजेदेखि साउन १४ गते बिहिबार राति १२ बजेसम्म गरी थप एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

बैठकले जिल्लामा कोरोना संक्रमितको दर घट्दै गएपनि सङ्क्रमणको जोखिम यथावत रहेको हुँदा मकवानपुरमा जारी निषेधाज्ञालाई निरन्तरता दिइने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*