वडातहबाट माक्स लगाऔं अभियान सुरु
मकवानपुर । जिल्ला प्रशासन कार्यालयको निर्देशनमा हेटौंडाका विभिन्न स्थानमा भइरहेको मास्क अभियानलाई वडा स्तरबाट पनि सुरु गरिएको छ ।
कोरोना संक्रमण हुनेको संख्या बढ्दै गएपछि हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा कार्यालयले मास्क अभियान सुरु गरेको हो ।
बिहीबार हेटौंडा–९ को गुम्बाचोकबाट वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले अभियानको सुरुवात गरेक छन् । अभियानको क्रममा हेटौंडा–९ बाट बजारतर्फ तथा बजारबाट वडा प्रवेश गर्नेहरुलाई केन्द्रित गरेर जनचेतनासहित मास्क अभियान सुरु गरिएको छ ।
मास्क अभियान कार्यक्रम टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–९, इलाका प्रहरी कार्यालय पशुपतिनगर, मानवसेवा आश्रम हेटौंडा, सियान पुनस्र्थापना केन्द्र मकवानपुर तथा पुष्पाञ्जली गस्ती आमा समुहको सहयोग तथा समन्वयमा भएको हो ।










