अबदेखि सवारीकर तिर्न यातायात कार्यालय जानै नपर्ने

हेटौडा न्युज
८ श्रावण २०७८, शुक्रबार १३:१४
;

मकवानपुर । बागमती प्रदेशभित्र सवारीसाधनहरुको राजस्व विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने यातायात व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गरिएको छ ।

आज शुक्रबार एक कार्यक्रमका बीच बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले सवारीसाधनहरुको राजस्व विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने यातायात व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गरेका हुन् ।

यस प्रणाली मार्फत सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिन्छ । यो सेवा लिन नागरिक एपमा पनि ‘सवारी कर’ सेवा राखिएको छ ।

त्यस्तै वेबपोर्टलबाट पनि यो सेवा लिन सकिने प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*