सुजिता भण्डारी प्रकरण : दाजु पर्ने पक्राउ
मकवानपुर । चितवन जिल्ला राप्ती नगरपालिका वडा नम्बर –३ की सुजिता भण्डारी प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बेपत्ता भएको १० दिनपछि मृत भेटिएकी सुजिताको ठुलोबाबाको छोरा पर्ने सचिन भनिने सुकदेव भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । पत्रकार सम्मेलन मार्फत प्रहरीले आज सार्वजनिक गरेको छ ।
झापा जिल्ला झापा गाउँपालिका वडा नम्बर– ६ शरणमतिका २३ वर्षीय सुकदेव र सुजिताबीच विवाह गर्नेसम्मको तयारी भएको खुलेको छ । शुकदेव भण्डारीलाई प्रहरीले काठमाडौंबाट पक्राउ परेको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।
असार ९ गते सुजिताले विवाह गर्न प्रस्ताव गरेपछि यी दुइमा विवाद सृजना भएको थियो । असार ११ गते वेपत्ता भएकी सुजिता २० गते नजिकैको सामुदायिक वनमा मृत भेटिएकी थिइन् । सुजितालाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै आमा अम्बिका भण्डारीले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेकी थिइन् ।










