मध्यम तथा लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्न दिईने

हेटौडा न्युज
८ श्रावण २०७८, शुक्रबार १६:३९
;

मकवानपुर । शनिबारबाट मध्यम तथा लामो दूरीको सार्वजनिक यातायात संचालनमा आउने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञालाई थप खुकुलो तुल्याउँदै लामो दूरीको सार्वजनिक यातायात खुलाउने निर्णय गरेको हो । शुक्रबार आदेश जारी गर्दै काठमाडौं जिल्ला प्रशासनले लोकसेवा र विश्वविद्यालयका परिक्षार्थीको आवागमनलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो ।

काठमाडौंका प्रजिअ कालिप्रसाद पराजुलीले शनिबारदेखि लागू हुने गरी लामो तथा मध्यम दूरीका यातायात खुलाउन आदेश जारी भएको बताए । लामो दूरीमा यात्रा गर्नेलाई अनिवार्य टिकट काउन्टरबाट टिकट खरिद गरेर यात्रा

गर्न समेत प्रशासनले भनेको छ । साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार लामो दूरीको यातायात खुला गरिएको प्रशासनले जनाएको छ । काठमाडौंको निषेधाज्ञा साउन १० गते मध्यरातसम्म कायमै छ ।

उपत्यकामा साउन लागेसँगै बढेको भाइरस संक्रमणलाई मध्यनजर गर्दै १० गते नै बस्ने उपत्यकाका तीन जिल्ला प्रशासनहरुको बैठकले थप आदेशहरु जारी गर्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*