लक्ष्य भन्दा बढी राजस्व सङ्कलन

हेटौडा न्युज
९ श्रावण २०७८, शनिबार १२:४५
;

मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौंडाले आर्थिक वर्ष २०७७÷७८ मा पाँच अर्ब ५२ करोड ८२ लाख ४८ हजार रुपैँया राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले लक्ष्यको तुलनामा बढी राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख शालिकराम आर्चायले जानकारी दिए । कार्यालयले आर्थिक वर्ष २०७७÷७८ मा पाँच अर्ब ३९ करोड ९४ लाख ७३ हजार रुपैँया राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा पाँच अर्ब ५२ करोड ८२ लाख ४८ हजार रुपैँया राजस्व सङ्कलन भएको उनले बताए ।

कोरोना प्रभावले सबै क्षेत्र समस्यामा हुँदा पनि लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएकोले कार्य सन्तोषजनक रहेको प्रमुख आचार्यले बताए। आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि असार मसान्तसम्ममा आयकरतर्फ एक अर्ब नौ करोड ५२ लाख ८३ हजार , बहाल करतर्फ दुई करोड ६१ लाख १८ हजार , ब्याजकरतर्फ चार करोड सात हजार सङ्कलन भएको थियो ।

यस्तै मूल्य अभिवृद्धिकरतर्फ एक अर्ब ३२ करोड ३० लाख ७५ हजार , अन्तः शुल्कतर्फ दुई अर्ब ८६ करोड ९० लाख २१ हजार रुपँैया राजस्व सङ्कलन भएको आन्तरिक राजस्व कार्यालय हेटौंडाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*