शनिबार मकवानपुरमा ७० जनामा कोरोना पुष्टि

हेटौडा न्युज
९ श्रावण २०७८, शनिबार १६:०२
;

मकवानपुर । शनिबार मकवानपुरमा ७० जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ३ जनाको पिसआर र ३ सय ३१ जनाको एन्टिजेन गरी जम्मा ४ सय ३४ जनाको परिक्षण गर्दा ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १२ हजार ४ सय ४९ जनामा कोरोना पुष्टि भएकोमा ११ हजार ७ सय ४४ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मवानपुरमा ५ सय ६६ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ३९ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*