शनिबार मकवानपुरमा ३९ जनाले जिते कोरोना
मकवानपुर। शनिबार मकवानपुरमा ३९ जना कोरोना भाईरस सङ्क्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ३९ जना कारोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १२ हजार ४ सय ४९ जनामा कोरोना पुष्टि भएकोमा ११ हजार ७ सय ४४ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मवानपुरमा ५ सय ६६ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ३९ जनाको मृत्यु भएको छ ।










