१० दिनपछि मृत भेटिईन सम्झना

हेटौडा न्युज
१० श्रावण २०७८, आईतवार १६:३०
;

मकवानपुर । विगत १० दिनदेखि बेपत्ता धादिङकी एक युवती मृत भेटिएकी छिन् ।

जिल्लाको गजुरी गाउँपालिका वडा नम्बर –८ पर्वाङस्थित जङ्गलमा २० वर्षीया सम्झना रोकाको शव भेटिएको गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

उनका अनुसार शव सडेको अवस्थामा बरामद भएको छ । मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्नेछ ।

घटनास्थलबाट उनको घर ३ सय मिटरको दूरीमा छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*