सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक
मकवानपुर । केन्द्रीय सुरक्षा समितिको बैठक आज बसेको छ ।
गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा सिंहदरबारमा भएको बैठकमा आन्तरिक सुरक्षा चुनौतिका विभिन्न विषयमाथि छलफल भएको छ । बैठकमा गृहसचिव महेश्वर न्यौपाने, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेल लगायत उपस्थित थिए ।
बैठकमा कोभिड–१९ भाइरसको सम्भावित तेस्रो लहरको संक्रमण रोकथाम तथा नियन्त्रणमा गृह प्रशासनले खेल्नुपर्ने भूमिकाबारे पनि छलफल भएको छ । सहभागी एक अधिकारीका अनुसार स्वास्थ्य सामग्रीको सहज व्यवस्थापन तथा कालोबजारी नियन्त्रणमा प्रहरीले ध्यान केन्द्रीत गर्ने पनि निर्णय भएको छ ।
साथै, बाढी, पहिरोसहितका प्राकृतिक प्रकोपमा परेका नागरिकको राहत, उद्दार तथा सहायताबारे पनि छलफल भएको छ ।










