कोरोनाका कारण मकवानपुरमा थप एक जनाको मृत्यु

हेटौडा न्युज
११ श्रावण २०७८, सोमबार १५:२०
;

मकवानपुर । कोरोना भाइरस सङ्क्रमणका कारण मकवानपुरमा थप एक जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा उपचाररत थप एक सङ्क्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्बर ९ का ५३ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यलयले जनाएको छ ।

यो संगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ४० पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*