सोमबार मकवानपुरमा ७२ जनाले जिते कोरोना
मकवानपुर। सोमबार मकवानपुरमा ७२ जना कोरोना भाईरस सङ्क्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ७२ जना कारोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १२ हजार ५ सय ८१ जनामा कोरोना पुष्टि भएकोमा ११ हजार ८ सय ४६ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मवानपुरमा ५ सय ९५ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ४० जनाको मृत्यु भएको छ ।










