मकवानपुरमा जोन्सन एण्ड जोन्सनको खोप लगाईने

हेटौडा न्युज
१२ श्रावण २०७८, मंगलवार १०:०२
;

मकवानपुर । आज र भोली जिल्लाका १० वटै स्थानीयतहमा कोरोना भाइरस विरुद्धको जोन्सन एण्ड जोन्सनको खोप लगाईने भएको छ ।

जिल्लामा कोरोना विरुद्ध जोन्सन एण्ड जोन्सनको खोप लगाउने कार्यक्रम अन्तर्गत आज र भोलि खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय कुमार उपाध्यायले जानकारी दिए ।

उनका अनुसार जिल्लामा आएको २३ हजार खोप १० वटै स्थानीय तहको लागि वितरण भईसकेको र आज बिहान ११ बजेबाट सबै स्थानीय तहका खोप कार्यक्रम संचालन हुने छ ।

आज र भोलि ५० वर्ष देखि ५४ वर्षसम्मकालाई खोप लगाईने र बाँकी रहेको खोप अनलाईन फारम भरेका १८ वर्ष उमेर देखि ५० वर्ष सम्मका लाई लगाउने कार्यक्रम रहेको प्रमुख उपाध्यायले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*