१२ हजार बढी शिक्षकको दरबन्दी खाली, २ हजार ६ सय शिक्षकको बढुवा रोकियो

हेटौडा न्युज
१२ श्रावण २०७८, मंगलवार १०:२३
;

मकवानपुर ।  शिक्षक सेवा आयोग पदाधिकारी विहीन हुँदा १२ हजारभन्दा बढी शिक्षकको दरबन्दी खाली भएको छ ।

१० महिनादेखि आयोग पदाधिकारीविहीन हुँदा १२ हजारभन्दा बढी शिक्षकको दरबन्दी खाली भएको छ । भने दुई हजार ६ सय शिक्षकको बढुवा रोकिएको छ ।

शिक्षक सेवा आयोगको तथ्यांकअनुसार प्राथमिक, निम्नमाध्यामिक र माध्यामिक तहमा गरी १२ हजार ६१ जना शिक्षकको दरबन्दी रिक्त रहेको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले जनाएको छ ।

केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालका अनुसार प्राथमिक तहमा ९ हजार १ सय ६, निम्नमाध्यामिक तहमा १ हजार ९ सय १३ र माध्यामिक तहमा १ हजार ४२ शिक्षकको दरबन्दी रिक्त छ ।

उनका अनुसार रिक्त दरबन्दी विवरण सात महिनाअघि शिक्षक सेवा आयोगलाई पठाइसकिएको छ । शिक्षक बढुवाको विवरण पनि पठाइसकिएको महानिर्देशक अर्यालले बताए ।

उनका अनुसार प्रावि प्रथम र द्वितीय, निमावि प्रथम र द्वितीय तथा मावि प्रथम र तृतीय गरी दुई हजार ६ सय शिक्षकको विवरण बढुवाका लागि पठाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*